महँगी ७ प्रतिशतले बढ्यो

होस्ट खबर २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : सरकारले आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । विदेशी पर्यटक आगमनमा र रेमिट्यान्स बढेपछि शोधानान्तरस्थिति बचतमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगातार सुधारोन्मुख देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनका अनुसार विदेशी मुद्राको सञ्चितिमा साउनदेखि पुससम्ममा आर्थिक स्थिति सबल देखिएको हो । यद्यपि, यो अवधिमा ७ दशमलव २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुससम्ममा विदेशी मुद्राको सञ्चिति १० अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । गत वर्ष विदेशी मुद्राको सञ्चिति लगातार घटेपछि देश श्रीलंकाको जस्तै जोखिममा पर्न सक्ने चिन्ता प्रकट गर्न थालिएकोमा अहिले भने सरकारसँग ९ महिनालाई आयात धान्न पुग्नेगरी विदेशी मुद्रा सञ्चय भएको छ ।

केन्द्रीय बैंकले ७ महिनालाई पुग्नेगरी विदेशी मुद्रा सञ्चय गर्ने मौद्रिक नीति बनाएको थियो । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array