टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भुकम्प

होस्ट खबर २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

एजेन्सी : सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४:१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।

भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस भएको युएसजीएसले जनाएको छ। यहाँ पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array