अब पत्रकारले आफ्नो निःशुल्क उपचार गराउन पाउने व्यपस्थको कार्यान्वयन हुँदै

होस्ट खबर २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई आफूले कार्यान्वयन गर्ने बताए ।

प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा बोल्दै यो विषयमा कार्यक्रममा अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको भन्दै अब यसको कार्यान्वयनको व्यवस्था मिलाउने उनले बताए ।

“पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गर्ने प्रबन्ध गरियो, बजेटमा पनि प्रस्तुत गरियो”, “तर अहिले पनि प्रभावकारी रुपमा व्यवस्थापन हुन सकेको छैन ।” सरकारले पत्रकारका लागि दुर्घटनामा बीमामा सरकारले ५० प्रतिशत तिर्ने व्यवस्था पनि सरकारले गरेको अर्को महत्वपूर्ण काम भएको उल्लेख गर्दै उनले श्रमजीवी पत्रकारको पक्षमा सरकार सधैव रहेको स्पष्ट पारेका हुन् ।

पौडेलले सरकारले सञ्चार क्षेत्रसँग जोडिएर बीमा, क्लिन फिडजस्ता महत्वपूर्ण व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । श्रमजीवी पत्रकार व्यक्तित्व विकास र नेतृत्व विकासमा चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले जनता र राष्ट्रको न्यायको पक्षमा पत्रकारिताको अगुवा भएका काम गर्न आग्रह गरेका छन्।

नेकपा (एमाले) का उपमहासचिव एवं चौतारीका इन्चार्ज पृथ्वीशुब्बा गुरुङले सबैभन्दा योग्य र भरोसायुक्त श्रमजीवीहरुको सङ्गठनका रुपमा चौतारीलाई विकास गर्नुपर्नेमा जोड दिएका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array