सुर्खेत देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

होस्ट खबर २१ माघ २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगर-१० पिपिरामा रहेको गंगामाला देउती बज्यै मन्दिरका पुजारी टंक बहादुर राजीको निधन भएको छ । वीरेन्द्रनगर ११ ढोलढुङ्गास्थित आफ्नै घरमा शनिबार राती करिब तीन बजे निधन भएको वीरेन्द्रनगर वडा नं.  ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले जानकारी दिए ।

अध्यक्ष देवकोटाका अनुसार पुजारी राजी केही समयअघिदेखि उच्च रक्तचाप, सुगर लगायत रोगबाट पीडित थिए । उनको जन्म २००७ भदौ ७ गते भएको थियो । उनको ७२ बर्षको उमेरमा निधन भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array