सुर्खेतको मटेलामा द्वन्द्वकालिन सकेट बम फेला

होस्ट खबर २१ माघ २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : चिङ्गाडको मटेलामा सकेट बम फेला परेको छ । चिङ्गाड गाउँपालिका वडा नम्बर ४ को ठाँटी बजारदेखि ५० मिटर टाढा ढुङ्गाको चरमा शुक्रवार अन्दाजी ५ः३० बजेको समयमा बम फेला परेको हो । मटेला प्रहरी चौकीका अनुसार द्वन्द्वकालमा लुकाई छिपाई राखिएको सकेट बम केटाकेटीले खेल्ने क्रममा फेला पारेका हुन् । उक्त बमलाई डिस्पोजका लागि नेपाली सेनाहरुको टोली उक्त स्थानमा पुग्दै गरेको मटेला प्रहरी चौकीका प्रहरी हवलदार बालसिंह गुरुङ्गले जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array