गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई यही संविधान र संसदले टुंग्याउन सक्छ: ज्ञानेन्द्र शाही

होस्ट खबर १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिने बताएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रघुजी पन्त र शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले अहिलेकै संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई टुंग्याउन सकिने बताएका हुन्।

नेपालको संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्ता प्रतिकुल हुनेगरी संशोधन गर्न नसकिने व्यवस्था गरेको भन्दै उनले गणतन्त्रका विषय यही संविधान र संसदले टुंग्याउन सकिने बताए।

संविधान बनाउने क्रममा संघीयता र धर्मनिपेक्षता चाहिने कि नचाहिने भन्दै सांसदबाट संकलन गरिएको राय किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गरेका उनले यही संसद र संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षता चाहिन्छ या चाहिँदैन भन्ने टुंगो लगाउन सकिने बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array