दैलेखमा गाडी दुर्घटना, ११ जना घाइते

होस्ट खबर १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

दैलेख : कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–७ रामघाटमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। मंगलबार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी कर्णाली राजमार्गको चामुण्डा–७ रामघाटमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।

गाडीमा चालकसहित १३ जना सवार रहेको र तीमध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए। घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सवारीचालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख शाहले बताए। गाडी सडकभन्दा करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array