ब्राजिलमा खेलाडी चढेको बस दुर्घटना

होस्ट खबर १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

एजेन्सी : ब्राजिलमा फुटबल टोली सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी दुर्घटनामा परेको हो ।

उनीहरु ब्राजिलको उवापोरङामा एक प्रतियोगिता खेलेर फर्किरहेका थिए । पुलमा पुग्दा ड्राइभरले नियन्त्रण गुमाउँदा बस ३२ फिट तल खसेको थियो ।

मृत्यु हुनेहरूको उमेर १४ देखि १७ वर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array