सुर्खेतमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला

होस्ट खबर १७ माघ २०७९, मंगलवार
0 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका ८ खजुरा स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

मृतक हुम्लाको अदानचुली गाउँपालिका-३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर नगरपालिका-१० मा कोठा भाडामा बस्दै आएको बुझिएको छ । मृतक बुमी सोमवार राति साढे १० बजेको समयमा मृत अवस्थामा भेटिएका हुन् । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्