राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालद्वारा शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

होस्ट खबर १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शहिद दिवसको अवसरमा सोमबार सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रपति भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

त्यस्तै, प्रधानमन्त्री दाहालले पनि शहिदहरुका सपना साकार पार्न सबैले हातेमालो गर्नु जरुरी रहेको बताएका छन् । शहिदहरुले देखाएको बाटोमा शब्दमा मात्रै नभई कर्मबाट समेत पूरा गर्नुपर्नेमा उनको जोड छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्