समाजसेवी गुरुङद्वारा स्व. आचार्यको परिवारलाई १ लाख सहयोग

होस्ट खबर ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : बेलायत निवासी समाजसेवी इशा माया गुरुङद्वारा स्व. प्रेमप्रसाद आचार्यको परिवारलाई ऋणमोचन गरिदिन १ लाख सहयोग गरिकि छिन् l हिजो मंगलबार संसद् भवनअगाडिको सडकमा आत्मदाह गरेका इलामका स्व. प्रेमप्रसाद आचार्यको निधन आज बिहान ५ बजे कीर्तिपुर अस्पतालमा भएको हो । मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न सक्ने अवस्था नरहेको भन्दै बिलौना पोखेका उनले त्यसपछि संसद् भवन अगाडि पुगेर आफ्नै शरीरमा आगो लगाएका थिए ।

सामाजिक सञ्जालमा समाजसेवी इशा माया गुरुङ स्टेटस मार्फत स्व. आचार्यको निधन पश्चात दुई स-साना छोरीको धेरै माया लागेको र मानवताका तथा ऋणमोचन गर्नका लागि स्व. आचार्यको श्रीमतीको बैंक खातामा रु। एक लाख पठाईदिएको जानकारी दिएकी हुन्  l

आत्मदाह गर्नु अगाडि स्व. आचार्यले फेस्बूक स्टेटस मार्फत सबै मानकारी नेपालीमा, परिवारको ऋणमोचनमा सहयोग गरिदिन पनि अनुरोद गरेका थिए  l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array