आत्मदाह गरेका आचार्य किन भेट्न चाहन्थे गृहमन्त्री ?

होस्ट खबर ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ : संसद् भवनअगाडिको सडकमा मंगलबार आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा आज बिहान ५ बजे निधन भएको हो ।मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न सक्ने अवस्था नरहेको भन्दै बिलौना पोखेका उनले त्यसपछि संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आ,गो लगाएका थिए ।

प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्‍याएको थियो । चिकित्सकहरूले आचार्यको शरीरको ८० प्रतिशत भाग जलिसकेको बताएका थिए ।आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए ।

राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेको गुनासो गरेका थिए ।उनले आफूलाई भेट्न गृहमन्त्री रवि लामिछानेलाई पनि पठाइदिन आग्रह गरेका थिए । ‘बिहान ५ बजे उनको निधन भयो’, अस्पतालका एक चिकित्सकले भने ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array