‘मुसाले कुन जहाजको तार काट्यो ? रिपोर्ट चाहिन्छ’: पर्यटनमन्त्री किराती

होस्ट खबर १० माघ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरूको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

मन्त्री किरातीले कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई निर्देशन थिएका हुन् । निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफू समक्ष पेस गर्न पनि मन्त्री किरातीले निगम पदाधिकारीलाई सचेत गराए ।

‘अब हामीलाई बिजनेस प्लान चाहियो । प्रत्येक दिन यहाँको रिपोर्ट हामीलाई चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिले भयो रु किन भयो ?, उनले भने, ‘कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काट्यो ? त्यो रिपोर्ट हामीलाई चाहिन्छ । हामीले पनि त जवाफ दिनुपर्यो । बेलुका हामीलाई सोध्छन् मान्छेले ।’ उनले आफूले सेतो लुगा लगाउने गरेको भन्दै कालो दाग लगाउने प्रयास नगर्न पनि सचेत गराए ।

मन्त्री किरातीले भने, ‘हामी फोहोरी छैनौँ । हामी हिजोजस्तै योग्य छौँ । हामीले यो प्रश्नको उत्तर दिनैपर्छ । म यो कार्यालय पसेर यहाँसम्म आइपुग्दा यो कार्यालयको मिटिङ हल सबै हेर्दा मलाई दयनीय नै लाग्छ । म भन्दैछु, म सेतो लुगा लगाएको मान्छे हुँ । कृपया कालो हातले छुने कोसिस नगर्नुहोला कसैले पनि । कालो हातले छोएर नचिनिने भएर फर्कन्छन् रे मान्छेहरू यहाँबाट । मैले त फेरि चिनिएर फर्कनु छ । मलाई केही लोभ छैन ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array