राती अर्काको घरको गेटमा चढ्दा अड्किएर भण्डारीको मृत्यु

होस्ट खबर ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

बाँके : नेपालगन्ज उपमहानगर १० मा एक व्यक्तिको राती अर्काको घरको मेन गेटमा चढ्दा अड्किएर मृत्यु भएको छ। स्थानीय कृष्णराजा गुप्ताको घरमा सोही नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय जितबहादुर भण्डारीको गेटको रडमा कपडा अड्किँ’दा झुन्डिएर मृत्यु भएको हो ।

भण्डारी हतारमा गेट चढ्दाचढ्दै कपडा अड्किएर झुन्डिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी रामप्रसाद घर्तीले बताए। राती के कारणले उनी अर्काको घरको गेटमा चढ्न पुगे भन्ने विषयमा भने अनुस’न्धान भइरहेको डीएसपी घर्तीले बताए । तर उनी सो घरमा चोरी गर्न नै गएका थिए भन्ने आधार अझैसम्म नभेटिएको उनको भनाई छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array