वीरेन्द्रनगरको धुलियाबीटमा एक युवक मृत फेला

होस्ट खबर ७ माघ २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका ११ धुलियाबीवटमा शनिबार विहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि करिब ५०० मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेशी जाने भित्री सडकमा सोही ठाउँमा बस्ने बर्ष ३५ का चन्द्र बहादुर खड्का बाँसको घारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले बताए ।

स्थानीयले खबर गरेपछि छेउमै मोटरसाइकल पार्किङ गरी मृत अवस्थामा भेटिएका उनको प्रहरीको टोलीले थप अनुसन्धानमा गरिरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array