कर्णालीका ७ जिल्लाका सीडीओको सरुवा

होस्ट खबर ७ माघ २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : कर्णालीका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । शुक्रबार गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो ।

कर्णालीका सुर्खेत, सल्यान, रुकुम पश्चिम, कालिकोट, मुगु, हुम्ला र डोल्पाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् । सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य बाँकेको प्रमुख जिला अधिकारीमा सरुवा भएका छन् । यस्तै, रुकुम पश्चिमका प्रमुख जिला अधिकारी परमानन्द घिमिरे रोल्पाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array