सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले शुक्रबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय दिए । उनले नेपालको संविधानको धारा १८८ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने कुराको स्पष्ट गर्न प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राखे ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
मुख्यमन्त्री शर्माले उक्त प्रस्ताव सभामा राखेसँगै तत्काल प्रदेशसभा सदस्यमा कायम रहेको ४० सदस्य सङ्ख्यामा २५ सदस्यले उनको पक्षमा विश्वासको मत दिएका थिए । जहाँ ३९ प्रदेशसभा सदस्य बैठकमा उपस्थिति थिए । १४ सदस्यले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
सभामुख गुरुङले मुख्यमन्त्रीले आफूलाई प्रदेशसभामा विश्वास छ भनी राख्नुभएको प्रस्तावमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्यामा २५ सदस्यले पक्षमा मत दिएको र उक्त सङ्ख्या उपस्थित सदस्यको बहुमत भएकोले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । अर्को सूचना नभएकासम्मका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिए ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्