प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता आज

होस्ट खबर ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। संसद सचिवालयले मनोनयन दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ।

निर्वाचन कार्यतालिकाअनुसार आजै अपराह्न सवा ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मतदानको कार्यक्रम छ ।

सत्ता साझेदार दलमा उपसभामुख रास्वपाको भागमा परेको छ। उसले आज बिहान ९ बजे संसदीय दलको बैठक बसेर उम्मेदवार टुंग्याउने तयारी गरेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्