सभामुखमा ईश्वरी न्यौपानेलाई मतदान गर्न कांग्रेसको ह्विप

होस्ट खबर ५ माघ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसले सभामुखमा ईश्वरी देवी न्यौपानेको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । बुधबार साँझ कांग्रेस संसदीय दलका नेता रमेश लेखकले एक प्रेस नोटमार्फत पार्टीका सांसदहरूलाई सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।

उनले सांसदहरूलाई मतदानमा तटस्थ नरहेर न्यौपानेको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् । सभामुखको निर्वाचन भोलि हुँदै छ । कांग्रेसबाट सभामुखमा न्यौपानेले उमेदवारी दिएकी छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्