आज प्रतिनिधिसभाको सभामुख चयनका लागि प्रस्ताव गरिने

होस्ट खबर ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभा बैठकमा आज प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने भएको छ ।

सङ्घीय संसद् सचिवालयद्वारा मंगलबार प्रकाशित निर्वाचन तालिका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म सूचना दर्ता गरिनेछ। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको अपराह्न ४।१५ बजे नामावली प्रकाशित गरिने छ ।

त्यसैगरी भोलि बिहान ११ बजेको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यस लगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्ने गरी निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्