हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउँछु: नवनियुक्त पर्यटनमन्त्री

होस्ट खबर ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने बताएका छन्। मंगलबार पर्यटन मन्त्रालयमा पदबहालीपछि पत्रकार सम्मेलन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन्।

उनले माघ १ गते भएको हवाई दुर्घटनामा छानबिन समितिलाई सहयोग गर्ने बताए। ‘नागरिक उड्डयन प्राधिकरणसँग बैठक बस्नेछौुं उनले भने, ुकिन असुरक्षित भयो नेपाली आकाश के कमजोरी छन् भन्नेबारे जानकारी लिनेछु।’

त्यस्तै, मन्त्री किरातीले आफ्नो कार्यकालमा नेपाल वायुसेवा निगमलाई सुधार्ने पनि बताए। ‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु, ‘पत्रकार सम्मेलनमा उनले भने, ‘सुधारबारे छलफल अघि बढाउँछौं।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्