ठेकेदारलाई सहरी विकास मन्त्रालयको साँचो

होस्ट खबर ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट विवादित ठेकेदार विक्रम पाण्डेले सहरी विकास मन्त्रीको रुपमा शपथ लिएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित ठेकेदार विक्रम पाण्डेलाई शपथ खुवाएकी हुन् ।

राप्रपाबाट सहरी विकास मन्त्री हुन् लागेका पाण्डे ठेक्कापट्टाको काम गर्छन् । कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा दाबी गरेका थिए । तर सत्ता गठबन्धनमा उनले सहरी विकास मन्त्रालय पाएका छन् ।

सहरी विकास मन्त्रालय पनि विकासे मन्त्रालय हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा सहरी विकास मन्त्रालय अन्तर्गतको विकासे योजना हात पारेको छ । अब मन्त्री र ठेक्का दुवै एकै व्यक्ति हुने अवस्था आएको छ ।

सिक्टा सिँचाइ परियोजनाको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम भएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । पछि पाण्डेलाई विशेष अदालतले सफाइ दिएको थियो ।

यसअघि भूमिसुधार मन्त्री हुँदा पनि पाण्डे विवादमा आएका थिए । पाण्डेको अमेरिकाको मेरील्याण्डस्थित ह्वाइट मार्समा भव्य महल र मंहगो गाडी रहेको भन्दै त्यतिबेला समाचार सार्वजनिक भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्