नयाँ मन्त्रीहरुको शपथ अहिले विहान ११ बजे

होस्ट खबर ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

नयाँ मन्त्रीहरुको शपथ अहिले विहान ११ बजे हुने तय गरिएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार यसअघि दिउँसो १ बजे शपथ खुवाउने तयारी भएपनि अहिले विहान का लागि सारिएको हो ।

याँ समिकरण अनुसार राप्रपा सरकारमा सहभागी हुने भएको छ। सोमबार राती सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डाको सहमतिअनुसार राप्रपाले तीन वटा मन्त्रालय पाएको छ । जसअनुसार राप्रपाले उर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्ने निश्चित् भएको छ । शहरी र खेलकुद मन्त्री कसलाई बनाउने भन्नेबारे भोलि टुँगो लगाउने राप्रपा उच्च स्रोतको दाबी छ । नयाँ सहमतिअनुसार एमालेले ८ मन्त्रालय पाएको छ। माओवादीले ४, रास्वपाले तीन, राप्रपाले ३, जसपाले २ र जनमत पार्टीले १ मन्त्रालय पाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्