काठमाडौं : प्रतिनिधिसभा सभामुखका लागि सत्तारूढ दल नेकपा एमाले र प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको संसद्कै ठूलो दल नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने अवस्था बन्दै गएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
सभामुख चयनका लागि बिहीबार मतदान गर्नेगरी संघीय संसद् सचिवालयले आज मंगलबार निर्वाचन कार्यक्रम प्रकाशित गर्दै छ । सचिवालयले सभामुख चयन प्रक्रियाका लागि तीन दिने कार्यक्रमसहित निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो । सभामुख चयन प्रक्रियामा प्रतिनिधिसभा सदस्यले मतदान गर्नेछन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज निर्वाचन कार्यक्रम प्रकाशित हुनेछ । भोलि बुधबार सभामुखका लागि उम्मेदवार मनोनयन दर्ता हुने छ । ‘पहिलो दिन सभामुख निर्वाचनका लागि सूचना जारी गर्ने, दोस्रो दिन उम्मेदवारी दर्ता र तेस्रो दिन मतदान गर्नेगरी कार्यक्रम सार्वजनिक गर्ने तयारी छ,’ संसद् सचिवालयका प्रवक्ता गिरीले भने ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट एकलाई सभामुख चयन गर्नुपर्छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट २ सय ७५ सदस्य चयन भएका थिए ।
हाल प्रतिनिधिसभा अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले गर्दै आएका छन् । प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद् सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ ।
यद्यपि, संसद् सुचारु भएको १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।
गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिइसकेका छन् । उनलाई प्रतिनिधिसभामा उपस्थित २ सय ७० सदस्यमध्ये २ सय ६८ सदस्यले विश्वासको मत दिएका थिए । राजधानी दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्