काठमाडौ : यती एयरको दुर्घटना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ । विमान फ्रान्सेली र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसले निर्माण गरेको हो । यो विमान सर्वप्रथम सन् २००७ अगस्ट १७ मा भारतको किङ्फिसर एयरलान्सले ल्याएको थियो । त्यसबेला उक्त विमानको कल साइन भीटी–केएजे रहेको थियो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
त्यसपछि सन् २०१२ मा उक्त विमान लिज बिक्रीका लागि राखिएको थियो । त्यसैअनुसार सन् २०१३ अप्रिल १ मा थाइल्यान्डको नोक एयरले एचएस–डीआरडी कलसाइनमा उक्त विमान लिएर चलायो । त्यसपछि सन् २०१८ मा उक्त विमान फेरि लिज बिक्रीका लागि राखियो ।
सन् २०१९ अप्रिल २६ मा यती एयरलाइन्सले लिजमा ल्याएर कल साइन ९एन–एएनसीमा उडाउन थालेको हो । दुर्घटना भएको दिन पनि काठमाडौँ–पोखरा रुटमा तेस्रो उडानका क्रममा अवतरण गर्न लाग्दा दुर्घटना भएको हो ।
पोखरामा आइतबार दुर्घटनामा परेको जहाज यही पुस ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । उक्त जहाजले पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्