कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माको शपथ ग्रहण आज

होस्ट खबर २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमो शपथ बिहीबार हुने भएको छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै माओवादी केन्द्रका राजकुमार शर्माले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण लिने भएका हुन्।

शपथ ग्रहणका लागि बुधबार प्रदेश प्रमुखको कार्यालयले एक सुचना जारी गर्दै बिहीबार दिउँसो ३ बजेका लागि समय तोकेको छ। शर्मालाई नेपालको सविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्