थारु भएकै कारण रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो: रञ्जिता श्रेष्ठ चौधरी

होस्ट खबर २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलाई थारु भएकै कारण मुद्धा लगाइएको बताएकी छन् । निर्वाचनपछिको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै सांसद चौधरीले टिकापुर घटना कुनै बन्द कोठामा घटाइएको घटना नभएकाले सरकारले रेशम चौधरीलाई थारु भएकै कारण मुद्धा लगाएको बताएकी हुन् ।

‘टिकापुर घटना बन्द कोठामा घटाइएको घटना थिएन । माननीय रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो । यो राज्यले थारु भएकै कारण रेशम चौधरीलाई मुद्दा लगायो । हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ,’ उनले भनिन् ।

साथै, उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकार समक्ष माग गरेकी छन् । टिकापुर घटनामा झुटा मुद्धा खेपिरहेका बन्दीले न्याय नपाएसम्म आफू संसदमा लडिरहने पनि उनले बताइन् । राजनीतिक दलका शीर्ष नेतालेसमेत रेशम चौधरी निर्दोष रहेको बताइसकेको पनि उनले संसद्मा स्मरण गराएकी छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्