कर्णाली प्रदेशसभाको दोस्रो बैठक आज

होस्ट खबर २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार (आज) दिउँसो १ बजे बस्दैछ । जेष्ठ सदस्य विनानेद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो ।

बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।‘आज दिउँसो १ बजे दोस्रो बैठक आह्वान भएको छ, त्यसका लागि हामीले सम्पूणर् तयारी पुरा गरि सकेका छौं ।’

प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले भने, ‘सभामुख र उपसभामुख चयनको मिति तोक्ने बाहेक अन्य खासै एजेण्डा केही छैनन् ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्