प्रदेशमा सभामुखमा पनि भागबन्डा र आलोपालो

होस्ट खबर २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : सत्ता गठबन्धनले प्रदेशसभाका सभामुख, उपसभामुखको भागबन्डा पनि टुंगाएको छ जसअनुसार नेकपा (माओवादी केन्द्र)ले चारवटा प्रदेशसभाको सभामुख पाउनेछ भने एमाले दुई र राप्रपाले एक सभामुख पाउनेछ ।

प्रदेश १ मा माओवादी केन्द्रका सभामुख र एमालेका उपसभामुख हुनेछन् । बाग्मती प्रदेशमा राप्रपाले सभामुख र एमाले उपसभामुख प्राप्त गर्नेछ ।

त्यसैगरी, गण्डकी प्रदेशसभामा सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेले प्राप्त गर्नेछ । लुम्बिनीमा सभामुख माओवादी केन्द्र र उपसमाभुख राप्रपाले प्राप्त गर्नेछ । कर्णाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रको भागमा उपसभामुख परेको छ ।

सुदूरपश्चिममा माओवादी केन्द्रले सभामुख प्राप्त गर्नेछ । नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा प्रस्ताव गरेको स्रोतले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको दाबी गर्दै आएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्