पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

होस्ट खबर २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन विदा दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले मस्यौदा गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वी जयन्तीमा बिदा दिने उल्लेख छ। यद्यपि यसलाई शीर्ष नेताहरूले आधिकारिकता दिन बाँकी छ।

सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको मस्यौदाको पृष्ट ११ मा ‘पर्यटन संस्कृति सामाजिक सद्भाव र राष्ट्रिय एकता’ शीर्षकमा ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने’ उल्लेख छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्