गृहमन्त्रीको पहिलो निर्णय आफैंलाई भारी

होस्ट खबर २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ । मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका थिए ।

मन्त्रालयका सचिव, सहसचिव, तथा अन्य अधिकारीलाई खटाइएका सुरक्षाकर्मी र सवारीचालकलाई सचिवस्तरीय निर्णय गरेर सम्बन्धित कार्यालयमा फिर्ता पठाइएको थियो । निर्णयको मसी सुक्न नपाउदै मन्त्रालयबाटै सुरुमा सवारीचालक र केही सुरक्षाकर्मी पुनः मन्त्रालयमै बोलाइएको छ ।

पुस १९ गते प्रधानमन्त्री कार्यालयले नामै उल्लेख गरेर ३५ जना सवारी चालकहरूलाई पठाउन आग्रह गरेलगत्तै बिहीबार गृह मन्त्रालय आफैंले सशस्त्र प्रहरीबाट सातजना सवारीचालक र केही सुरक्षाकर्मी पठाइदिन भनेको छ । सात दिनअघि फिर्ता पठाइएका सवारीचालक र सुरक्षाकर्मी मागिएको हो ।

पहिला चाहिँदैन भन्ने अहिले फेरि माग्ने काम भएको छ,’ सशस्त्र प्रहरी मुख्यालय स्रोतले भन्यो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार पछि मागिएका सवारीचालक र सुरक्षाकर्मी व्यक्तिगत प्रयोजनका लागि नभएको बताए। ‘

गृहमा प्रहरी कर्मचारीहरू आउजाउ भइरहन्छ, हामीले व्यक्ति प्रयोजनका लागि मागिएको होइन, पछि मागिएको भए पनि उनीहरू कार्यालय प्रयोजनका लागि मागिएको हुनसक्छ,’ सहसचिव एवं प्रवक्ता पोखरेलले भने । आजको नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्