पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ घाइते

होस्ट खबर २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

पाल्पा : पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस गएराति करिव साढे ९ बजे राधादी गैरामा दुर्घटना भएको हो ।

दुर्घटना ६ जना महिलाको ज्यान गएको छ। उनीहरु एकै गाउँका रहेका छन् । दर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ घाइते भएका छन् ।

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्