बन्द भयो राहदानी वितरण

होस्ट खबर २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : राहदानी विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण बन्द भएको छ । सिस्टममा समस्या आएकाले आवेदनको अवस्था हेर्ने र राहदानी वितरण कार्य अवरुद्ध भएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता एवम् निर्देशक दुरपदा सापकोटाले अर्को सूचना जारी नहुँदासम्मका लागि राहदानी लिन नआउन सेवाग्राहीलाई आग्रह गर्नुभएको छ । पुस १७ गतेदेखि विभागको सिस्टममा समस्या आएको निर्देशक सापकोटाद्वारा जारी सूचनामा उल्लेख छ ।

सिस्टम पूर्णरूपमा सुचारु हुन केही समय लाग्ने भन्दै विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन सेवाग्राहीलाई आग्रह गरेको हो । यद्यपि, राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीलाई भने तोकिएकै मितिमा बायोमेट्रिकका लागि उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array