लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

होस्ट खबर
होस्ट खबर १६ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : संघीय संसद्का सदस्यले लोगो लगाउन पाउँछन् । लोगोका आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा ‘लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् ।

मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ ।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेरिन्छन् । अहिले सांसदका लागि भनेर चार सय लोगो बनाइएको छ । प्रतिलोगोको मूल्य ५६ सय परेको छ । चार सय ‘लोगो’ बनाउन २२ लाख ४० हजार खर्च लागेको संसद् सचिवालयले जनाएको छ ।

अघिल्लो प्रतिनिधिसभाका सदस्यहरूले लिएका लोगो अझै फिर्ता गरेका छैनन् । राष्ट्रियसभामा दुई वर्षे कार्यकाल र चार वर्षे कार्यकालमा परेर बिदा भएका सांसदले पनि अझै लोगो फिर्ता गरेका छैनन् । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्