एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबा मोदीको आज विहान १०० वर्षको उमेरमा निधन भएको छ । हिराबाको अहमदाबादको युएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा आज बिहान ३ः३० बजे निधन भएको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो । आफ्नी आमाको अन्त्येष्टिमा सहभागी हुन् प्रधानमन्त्री मोदी बिहान ७ः४५ मा अहमदाबाद पुगेका थिए । यहाँबाट उनी सिधै गान्धीनगरको रायसन गाउँमा भाइ पंकज मोदीको घर पुगे।
उनी पुगेपछि आमाको अन्तिम यात्रा सुरु गरियो। मोदीले आमाको शव काँधमा बोकेर शववहानसम्म पुर्याए । अन्तिम यात्रा सेक्टर–३० स्थित शवदाह गृहमा लगिने भारतीय समाचार दैनिक भाष्करले जनाएको छ । अन्त्येष्टिपछि निर्धारित सबै कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् ।
मोदीको सचिवालयले ट्वीट गर्दै प्रधानमन्त्री अन्त्येष्टि पछि आफ्ना सबै निर्धारित कार्यक्रममा सहभागी हुने जानकारी दिएको छ । उनले आज भिडियो कन्फरेन्समार्फत बंगालमा महत्वपूर्ण परियोजनाको पनि शुभारम्भ गर्नेछन्।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्