आज स्वर्गीय राजा वीरेन्द्रको ७८ औं जन्मजयन्ती

होस्ट खबर १४ पुष २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको आज ७८औं जन्मजयन्ती हो । प्रत्येक वर्षको पुस १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्मजन्ती पर्छ । पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उनको निधन भएको थियो ।

उक्त घटनामा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुतिलगायत आफन्तको पनि त्यसबेला निधन भएको थियो । दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेको छ ।

तत्कालीन राजा वीरेन्द्र नेपालको शाह वंशीय राजाहरु मध्यका देश भक्त र जनप्रिय राजा मानिन्छन् । उनको जन्मजयन्तीका अवसरमा राजावादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

राजा महेन्द्रको जेष्ठ पुत्रको रुपमा जन्मिएका राजा वीरेन्द्रले पिताको शासनकालको राम्रै अनुभव पाएका थिए । राजा वीरेन्द्र नेपालका दशौं शाहवंशीय राजा थिए । शाहले वि सं २०२८ देखि वि स २०५८ जेठ १८ गतेसम्म नेपालको शासन गरेका थिए । उनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो ।

माध्यामिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि उनले बेलायतको इटन कलेजमा पढेका थिए । पछि जापान तथा अमेरिकामा पनि उनले थप अध्ययन गरेका थिए । वीरेन्द्रको विवाह वि स २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।

राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेका थिए । राजा वीरेन्द्रकै समयमा वि सं २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक वि स २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array