पुस २५ गतेका लागि बोलाइयो संघीय संसद्‍को अधिवेशन

होस्ट खबर १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‍को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍ भवनमा संघीय संसद्‍को दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंसिर ४ गते निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्दैछ । प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्