काठमाडौं : एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आपूmले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । ‘अहिले सरकार गठनमा मात्रै सहमति जुटेको छ ।
राष्ट्रपति चयनको समय अझै एक महिनाभन्दा बढी छ । तर, यसअघि राष्ट्रपतिबारे धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको हो । एमालेका ती नेताका अनुसार, राष्ट्रपतिका लागि तीन जनाभन्दा बढी नेताको नाममा छलफल हुने सम्भावना छ । एमाले स्रोतका अनुसार एमालेबाट राष्ट्रपतिका लागि उपाध्यक्ष सुवास नेम्वाङको बढी सम्भावना छ ।
यसैगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि उतिकै सम्भावना रहेको बताइन्छ । स्रोतका अनुसार एमाले अनुशासन आयोगका अध्यक्ष रहेका अमृतकुमार बोहोरा पनि राष्ट्रपतिका बलिया दाबेदार मानिएको आजको राजधानी दैनिकमा खवर छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्