आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गर्दै देउवा

होस्ट खबर १० पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : आगामी सरकारको नेतृत्वका लागि दौडधुप गरिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई शनिबार बालुवाटारमा बोलाएर हस्ताक्षर संकलन गरेका छन् । उता पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पनि आफ्ना ३२ सांसदहरूको हस्ताक्षर लिइसकेका छन् ।

गठबन्धनलाई पाँच वर्ष लैजाने उद्घोषका साथ चुनावमा गएका दलहरूबीच शक्ति बाँडफाँटको विषयलाई लिएर आपसी मतभेद शुरू भएको छ । नयाँ सरकारको नेतृत्व पहिलोपटक कसले गर्ने भन्ने विषयम देउवा र दाहालबीच दाबी कायमै छ ।

सरकारको नेतृत्व गर्ने विषयमा दलहरूबीच छलफल चलिरहँदा कांग्रेसले सभामुख माओवादीलाई दिएर आफूले राष्ट्रपति र प्रधानमन्त्री पद लिएर गबन्धनकै सहमतिमा सरकार गठन गर्न पहल गरिरहेको छ ।

तर, माओवादीलाई नेकपा (एमाले)ले गठबन्धन तो डेर आए प्रधानमन्त्री बनाउने आश्वासन दिएसँगै प्रचण्डले शुक्रबारेखि एमाले अध्यक्ष केपी ओली निवास बालकोट र प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा सघन छलफल चलाइरहेका छन्। आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्