सुरू भयो संसद्मा चहलपहल

होस्ट खबर ९ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : करिब तीन महिनापछि संसद् भवनमा चहलपहल सुरु भएको छ । प्रतिनिधिसभाका सदस्यले बिहीबार शपथ ग्रहण गरेसँगै संसद्परिसरमा सांसद र दलका कार्यकर्ताको चहलपहल बढेको हो ।

सांसदको सेवा सुविधा पनि बिहीबारदेखि सुरु भएपछि केही सदस्य बैंक खाता खोल्न व्यस्त देखिन्थे भने केही सांसद आफूले राख्न पाउने स्वकीयको नामावली पनि सचिवालयमा दिने तयारी गरिरहेका थिए । कतिपय सांसदले राजनीतिक भेटघाट तीव्र पारेका थिए ।

संसद् सचिवालयमा संसदीय दलको कार्यालय थप गर्नुपर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीका लागि संसदीय दलको कार्यालय आवश्यक भएकाले नयाँ भवनमा मर्मत–संहार भइरहेको हो । अन्य दलका लागि भने पुरानै कार्यालय उपलब्ध गराइएको छ ।

संसद् अधिवेशन कहिले बस्ने भन्ने निश्चित नहुँदा कतिपय सांसद जिल्लातर्फ फर्कने सोचमा छन् । सरकार गठन भएपछि संसद् अधिवेशन कहिले आह्वान हुन्छ, त्यसपछि मात्र जिल्ला फर्कने निर्णय गर्ने तयारीमा पनि सांसदहरू देखिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्