जुम्ला : जुम्लाबाट निर्वाचित भएका २ जना सांसदले खसभाषाबाट शपथ लिएका छन् । बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा जुम्लाकी दुई समानुपातिक सांसदले जुम्ली भेषभुषामा सजिएर शपथ लिएका छन्। काँग्रेसका कान्तिका सेजुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनिता कठायतले जुम्ली भेषभुषामा सजिएर शपथ लिएका हुन् । पछिल्लो समय जुम्ली भेषभुषा हराउँदै गएको अवस्थामा उनीहरुले शपथका क्रममा यो पोशाक प्रयोग गरेका हुन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
सेजुवाल चन्दननाथ नगरपालिकाकी पूर्व मेयरसमेत हुन् । उनले जुम्लाको सिंजा उपत्यका उत्पादन भएको खस भाषामा शपथ लिएकी छन् । यसअघि कुनै पनि सांसदले खस भाषामा सपथ लिएका थिएनन् । जूम्लामा प्रतिनिधि सभामा एक जना प्रत्यक्ष र तीन जना सांसद समानुपातिकमा छन् । प्रत्यक्षमा राप्रपाका ज्ञानेन्द्र शाही, समानुपातिकतर्फ माओवादीका छिरिङ ल्यामु लामा, काँग्रेसका सेजुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कठायत निर्वाचित भएका हुन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्