कांग्रेसका दुवै महामन्त्रीको आगामी सरकारमा नजाने घोषणा

होस्ट खबर ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् । कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उनका समर्थक अर्का महामन्त्री शर्माले बुधबार भावी सरकारमा सामेल नहुने बताएका हुन् ।

थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रीत हुने बताएका छन् भने शर्माले पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेकाले पार्टीकै काम गर्ने बताएका छन् ।

संसदीय दलको नेताको मतपरिणाम सार्वजनिक भएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै थापाले आफ्नो समूहलाई थप मजबुत बनाउँदै लैजाने र सरकारमा आफू सामेल नहुने स्पष्ट पारेका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्