काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । भोलि बुधबार मतदान हुँदै छ । निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार संसदीय दलको नेता चयन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले दलको नेता चयन प्रयोजनका लागि भीष्मराज आङ्दम्बे नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
निर्वाचन कार्यतालिकाअनुसार आज मंगलबार २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता तोकिएको छ । भोलि बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो ।
कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । उनीहरू ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेछन् भने उनीहरूको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ ।
दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र महामन्त्री गगन थापा मुख्य आकांक्षी छन् । यस्तै, रामचन्द्र पौडेल, प्रकाशमान सिंह पनि आकांक्षी हुन् । शेखर कोइरालाले भने ‘दलको नेतामा आफ्नो थप रणनीति’ खुलाएका छैनन् । महामन्त्री थापा र उनीबीच संवाद जारी छ । कोइराला देउवासँग १४औं महाधिवेशमा मुख्य प्रतिस्पर्धी थिए । राजधानी दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्