कोहलपुरमा जिपको ठक्करबाट एक महिलाको मृत्यु

होस्ट खबर ३ पुष २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं : बाँकेको कोहलपुर नगरपालिका-११ मा जिपको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया उषा गुरुङ रहेकी छन् । कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

कोहलपुर पिपल चौतारा नजिक गाडीले गुरुङलाई ठक्कर दिएर भागेको र घटना स्थलमै मृत्यु भएको हुँदा उक्त गाडीले पक्राउ गरी छिटो भन्दा छिटो कार्वाहीको दायरामा ल्याउन माग गर्दै चौराहामा टायर बालेर सडक अवरुध्द गरिएको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array