खुल्यो प्रदेश अधिवेशनको बाटो

होस्ट खबर ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : निर्वाचन आयोगले प्रदेश सांसदको विवरण सातवटै प्रदेशका प्रमुखहरूलाई शनिबार बुझाएसँगै सम्बन्धित प्रदेश सभा अधिवेशन आहवान गर्न बाटो खुलेको छ ।

आयोगले सम्बन्धित प्रदेश सभा सदस्यको पहिलो हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निवार्चित हुने सदस्यहरूको नामावली समावेश गरी प्रत्येक प्रदेशका प्रमुखहरूलाई अलगअलग एकै प्रतिवेदन बुझाएको हो ।

गत मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि सभासँगै प्रदेशसभा सदस्यको निर्वाचनबाट निर्वाचित सांसदको नामावली बुधबार घोषणा गरेको थियो ।

प्रत्यक्षतर्फबाट निर्वाचित ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित २ सय २० गरी ५ सय ५० जना प्रदेश सांसदको विवरण सम्बन्धित प्रदेश प्रमुखलाई बुझाएको निर्वाचन प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array