सरकार बनाउन ५ वटा प्रदेशमा गठबन्धनलाई सहज बहुमत

होस्ट खबर १ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : निर्वाचन सकिएलगत्तै प्रदेश तथा संघीय सरकार निर्माणमा प्रदेश नम्बर १ बाहेकका सबै प्रदेशमा गठबन्धनलाई सरकार निर्माणमा सहजता देखिएको छ । सातवटै प्रदेशमा कुनै दलको एकल बहुमत नभए पनि ५ वटा प्रदेशमा वर्तमान सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन सहजता देखिएको हो ।

बागमती प्रदेशमा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ । १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ । यहाँ कांग्रेससँग ३७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी ६५ जना सांसद छन् । त्यसैगरी, एमालेसँग २७, राप्रपासँग १३, नेमकिपासँग ३ र हाम्रो पार्टीसँग २ सांसद छन् ।

वर्तमान अवस्थामा सरकार गठनका लागि सत्ता गठबन्धनसँग पर्याप्त बहुमत रहेको छ । ६५ सांसदको समर्थनमा बागमती प्रदेशमा सत्ता गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने देखिन्छ । आजको नेपाल समाचारपत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्