भारतीय अभिनेता ओबराय नेपालमा

होस्ट खबर २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् ।

व्यवसायी पुनम यादवको निम्तोमा नेपाल आएका अभिनेता ओबराय दश दिन नेपालमा रहनेछन् । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने। नेपाल बसार्इका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array