चोलेन्द्रलाई पत्र पठाउनुको कारण संवैधानिक इजलासमै पठाइने

होस्ट खबर २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन निष्प्रभावी भएको भनी पत्र पठाउनुको कारण सात दिनभित्र सर्वोच्च अदालतको संवैधानिक इजलासमै पठाउने भएको छ ।

सचिवालयका महासचिव डा भरतराज गौतमले आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरूलाई जवाफ पठाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले सोधेका चार वटा प्रश्नको उत्तरसहित अरू लिखित जवाफ संवैधानिक इजलासमा पठाउने जानकारी दिए ।

शुक्रबार इजलासले सो विषयमा परेको रिटको सुनुवााई गर्दै सो पत्रको कार्यान्वयनमा रोक लगाउनुको साथै सात दिनभित्र कारण देखाउ आदेश जारी गरेको थियो ।

यसैलाई मध्यनजर गरी महासचिव डा गौतमले पूर्ण बैठकले सोधेको प्रश्नको जवाफ पनि इजलासमै पठाउने जवाफ दिएका थिए। नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्