वीरेन्द्रनगरमा मोटरसाइक र ट्याक्टर एकआपसमा ठोक्किँदा दुई जना घाइते

होस्ट खबर २५ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइक ट्याक्टरसँग ठोक्किँदा दुई जना घाइते भएका छन्। आइतबार बिहान वीरेन्द्रनगर नगरपालिका–२ टेम्पोपार्क स्थित दुर्घटना भएको हो। ढोडेखालीबाट बाङ्गेसिमलतर्फ आउदै गरेको भे १ त ८०१७ नम्बरको ट्रयाक्टरमा सोही दिशातर्फ आउदै गरेको लु ६६ प८५२६ नम्बरको मोटरसाइकल ट्रालीमा ठोक्किँएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक कालीकोट महाबै गाउपालिका–३ का २१ वर्षीया सर्जन मल्ल र मोटरसाइकल पछाडी सवार सोही ठाउँका २० वर्षीया दिपक सिंह घाइते भएका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्