बालबालिकामा बढ्दै श्वासप्रश्वासजन्य समस्या

होस्ट खबर २३ मंसिर २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौं : केही सातायता काठमाडौं उपत्यकाका शिशुहरूमा नाक बन्द हुने, लामो समय रुघाखोकी लाग्ने, छाती दुख्नेजस्ता समस्या बढ्दै गएको छ । साता–१० दिनसम्म पनि खोकी लागिरहने, एन्टिबायोटिक प्रयोग नगर्दासम्म निको नहुने समस्या धेरै बालबालिकामा देखिएको छ ।

चार वर्षमुनिका बालबालिकामा लहरेखोकी बढ्दै
कान्ति बाल अस्पतालमा केही सातायता लहरेखोकीको समस्या लिएर आउने शिशुको संख्या बढेको अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा. प्रकाश जोशी बताउँछन् । अस्पताल ल्याइएका बालबालिकामा एक साताभन्दा बढी समय रुघाखोकी लाग्ने, घाँटी दुख्ने, दम तथा छातीको समस्या देखिने गरेको छ ।

यस्ता समस्या आउनेमा दुई महिनादेखि चार वर्षसम्मका बालबालिका बढी रहेको डा। जोशी बताउँछन् । यस्तै, बालबालिकामा एडिनोभाइरसका कारण पनि श्वासप्रश्वाससम्बन्धप् समस्याहरू बढ्दै गएको पाइएको छ ।

गएको साउन दोस्रो साता कान्ति अस्पतालमा १३ नमुना परीक्षण गर्दा सबैमा एडिनोभाइरस पुपष्ट भएको थियो । त्यति बेला ज्वरो आउने, आँखा पाक्ने, घाँटी दुख्ने र शरीर दुख्ने समस्या लिएर दैनिक ५० देखि ६० बालबालिका अस्पताल आइपुग्ने गरेको अस्पतालको तथ्यांक छ ।

किन बढ्दैछ श्वासप्रश्वासजन्य समस्या ?
कान्ति बाल अस्पतालको तथ्यांकमा श्वासप्रश्वासजन्य समस्यामा परेका बालबालिकाको संख्या बर्सेनि बढ्दै गएको देखिन्छ । सन् २०१९ मा ८४३ जनामा देखिएको सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन ९श्वासप्रश्वासजन्य समस्या० सन् २०२० मा ७३१ जनामा देखिएको छ । यो संख्या २०२१ मा एक हजार २९८ पुगेको छ ।

२०२२ डिसेम्बर पहिलो सातासम्म एक हजार १२४ जनामा यस्तो समस्या देखिएको अस्पतालको तथ्यांक छ । कोरोना महामारीको समयमा बालबालिकामा कोभिड–१९ कै कारण यी ‘केस’हरू थपिएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा। रामहरि चापागाइँ बताउँछन् । अस्पतालमा सन् २०२० मा ७२, २०२१ मा ३१८ र २०२२ मा ११५ बालबालिकामा कोभिड–१९ पुष्टि भएको थियो ।

चिसो मौसममा श्वासप्रश्वासजन्य संक्रमण गराउने ब्याक्टेरियाहरू लामो समयसम्म जीवित रहने भएकाले संक्रमणको जोखिम बढी हुने डा. चापगाइँ बताउँछन् । चिसोमा सरसफाइको कमी र बालबालिका आपसमा नजिकिएर रहने हुनाले पनि एकार्कामा संक्रमण सर्ने सम्भावना बढी भएको उनको अनुभव छ ।

एडिनोभाइरस कति घातक ?
अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले एडिनोभाइरसलाई बालबालिकामा देखिने एक प्रकारको फ्लुका रूपमा परिभाषित गरेको छ । यो अरू मौसमी रुघाखोकीजस्तै बालबालिकामा आम रूपमा देखिने सीडीसीले जनाएको छ ।

नेपालमा यसअघि पनि गर्मीयाम र मौसम परिवर्तन हुने समयमा धेरै बालबालिकामा एडिनोभाइरसको संक्रमण देखिने गरेको विशेषज्ञ बताउँछन् । यो भाइरसको संक्रमणले बालबालिकामा रुघा, ज्वरो, घाँटी दुख्ने, आँखा रातो हुने श्वासप्रश्वासमा गाह्रो हुनेजस्ता समस्या देखिन्छ ।

सुरुमै पहिचान भए एडिनोभाइरस संक्रमणले घातक नगर्ने तर श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले केही बालबालिकालाई सिकिस्त पनि बनाउन सक्ने वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।

‘यो भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने हुनाले छिट्टै एकार्कामा फैलिने सम्भावना हुन्छ,’ डा. बमले भने, यसले छातीमा संक्रमण गराएमा जटिलता पनि निम्त्याउन सक्छ ।’ यो संक्रमणबाट जोगिन मास्क लगाउने, जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने लगायत कुरामा ध्यान दिन डा. बमको सुझाव छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्